रामचन्द्र पौडेलको घरदैलो अभियानमा दिपक मनाङेको साथ

लोकपथ
455
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलको घरदैलो अभियानमा सहभागी भएका छन् ।

बुधबार मनाङे तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेलको चुनावी प्रचारमा सहभागी भएका हुन् । तनहुँको डुम्रे बजारमा गरिएको घरदैलोको कार्यक्रममा मनाङेले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारसमेत रहेका पौडेललाई मत दिन मतदातालाई आग्रह गरेका थिए ।

मनाङेले प्रदेशसभा सदस्यको लागि मनाङको ‘ख’ बाट उम्मेदवारी दिएका थिए । यसअघि प्रदेशसभा सदस्यका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै मनाङे निर्विरोध निर्वाचित हुने निश्चित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?