माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को उम्मेदवारी रद्द गरी कारबाही गर्न माग

लोकपथ
377
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा २०७९ मा गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार पुष्पकमल दहाल प्रचण्डको उम्मेदवारी रद्द गरी कारबाही गर्न माग गरिएको छ । प्रचण्डलाई मुलुकी अपराध सहिंता २०७४ बमोजिम कारबाही गर्न नेपाल सरकार गृहमन्त्रालय मातहतको नेपाल प्रहरीलाई पत्राचार गर्न माग गर्दै निर्वाचन आयोगमा पत्राचार गरिएको हो ।

आयोगमा सर्वोच्च नेता युवराज सफलले प्रचण्डलाई कारबाही गर्न भन्दै पत्राचार गरेको बताइएको छ । आयोगमा बुझाइएको पत्रमा दशवर्षे जनयुद्धको क्रममा आफूलाई १७ हजारको हत्या गरेको आरोप लाग्ने गरेको बारे टिप्पणी गर्दै मिति २०७६ माघ ०१ गतेका दिन उम्मेदवार दाहालले आफूले ५ हजार व्यक्ति मरेको जिम्मा लिने भन्दै खुलेआम तथा सगौरव आम हत्या तथा नरसंहारको जिम्मा लिएर आफू अपराधी भएको स्वयंम स्विकार गरेको र उनले बोलेको सो कुरा आम जनसमुदाय र सिंगो राष्ट्रलाई समेत जानकारी भएकोले दाहाललाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उप दफा (२)बमोजिम हदैसम्म कारबाही गर्न माग गरिएको छ ।

उक्त पत्रमा प्रचण्डलाई कारबाही गर्नुपर्ने देखिएको बताउँदै तत्काल निजको उम्मेदवारी रद्ध गरी आवश्यक कारबाही गर्नु आग्रह गरिएको छ । यसरी खुलेआम तथा सगौरव सार्वजनिक कार्यक्रममा ५ हजारको हत्या भएको जिम्मेवारी लिन्छु भनेर चुनौति दिँदा भोलिका दिन आम नरसंहार र हत्या जस्ता घटना थप बढ्ने र त्यस्ता व्यक्ति चुनाबमा उम्मेदवार बन्दा भोलिको लागि गलत नजिरसमेत बस्ने भएकाले तत्काल कारबाहीको माग भएको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?