गगनको साथ प्रदीपलाई, भन्छन्– ‘प्रदीपलाई मत दिँदा पछुताउनु पर्दैन’ (भिडियोसहित)

लोकपथ
455
Shares

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नं ५ का कांग्रेस उम्मेदवार प्रदीप पौडेललाई मत मागेका छन् ।

काठमाडौं–४ का नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका नेता थापाले भिडियो सन्देश जारी गर्दै मत मागेका हुन् ।

आफूले ३० वर्ष भन्दा लामो समयदेखि सम्बन्ध रहेको बताउँदै पौडेललाई मत दिँदा पश्चाताप गर्न नपर्ने बताए ।

एक भिडियो सामग्री सन्देश जारी गर्दै उनले भने, ‘काठमाडौं जिल्ला क्षेत्र नं ५ को सम्पूर्ण मतदातालाई म जिम्मा लिएर यति भन्न सक्दछु, तपाइँले यो क्षेत्रबाट प्रदीप पौडेललाई निर्वाचित गराउँदै गर्दा मैले गलत व्यक्तिलाई निर्वाचित गराएछु भनेर एक जना मतदाताले पनि एक दिन एक छिन पश्चाताप गर्नु पर्दैन ।’

नेता थापाले प्रतिनिधिसभामा पौडेलसहित प्रदेशका उम्मेदवारहरुलाई समेत मत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?