मध्यपुरथिमि कुण्डोलका २ घरमा आगलागी हुँदा १ जनाको मृत्यु

लोकपथ
35
Shares
eQmk’/, #) sflQs M 3/df nfu]sf] cfuf] lgefOFb} dWok’/lyld gu/kflnsf–^, /fO{6f]n dflyNnf] s’08f]n a:g] $( jifL{o cfTdf/fd s];L / $! jifL{o xl/z/0f s];Lsf] 3/df nfu]sf] cfuf] lgefpFb} ;’/IffsdL{ . cfuf]nfuLaf6 Pssf] d[To’ ePsf] 5 eg] Ps 3fOt] ePsf 5g . tl:a/ M /d]z lu/÷/f;;

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोलका दुई घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।

बुधवार बिहान कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी हुँदा एकको मृत्यु भएको छ भने एक घाइते छन् ।

आज बिहान करिब ८ बजे भएको आगोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको पौने ९ बजे घरमै मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

आगालागीमा परेर सोही घरको हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको उनले बताए ।

बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको उहाँले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र क्षति विवरण सङ्कलन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?