नापी विभागबाट राजीनामा दिएर निर्वाचनमा होमिएका अर्याल भन्छन्– म धेरै उत्साहित छु

लोकपथ
13
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार ईश्वर अर्यालले चुच्चे नक्सा देखाएर मतदातासँग भोट मागिरहका छन् । नापी विभागबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका अर्याल चुच्चे नक्सा बाँड्दै भोट मागिरहेका देखिन्छन् ।

उनले यसअघि देशका सातवटा जिल्लाका ७७ वटा विद्यालयमा नेपालको नक्सा निःशुल्क उपलब्ध गराएका थिए । अहिले मतदाताकोमा मत माग्न जाँदा उनले आफ्नो घोषणापत्रसँगै चुच्चे नक्सा पनि बाँड्दै आएका छन् । चुनावी प्रचारका क्रममा उनी देशको सीमाबारे जानकारी दिँदै आफ्नो एजेन्डा सुनाउँछन् ।

‘चापाकल’ चुनाव चिह्नबाट निर्वाचन लडिरहेका उनले मतदातासँग भेट्दा आफू निकै उत्साहित भएको बताए । सरकारी सेवामा अझै १६ वर्ष काम गर्न पाउने अवस्था हुँदाहुँदै उनी राजीनामा दिएर सामाजिक कामसँगै राजनीतिमा होमिएका हुन् ।

चुच्चे नक्सा बोकेर सामाजिक काममा सक्रिय रहेका बेला आफूलाई राजनीतिमा लाग्न सुझाव आएका कारण चुनाव लड्ने निर्णय गरेको उनको भनाइ छ । नेपालमा आर्थिक समृद्धिका लागि कृषि, जलविद्युत् र पर्यटन क्षेत्रलाई सँगसँगै लैजानुपर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?