पर्सामा उम्मेदवारहरूले दिए चुनावी अभियानलाई तीव्रता

लोकपथ
78
Shares

वीरगञ्ज । निर्वाचनको मिति नजिकिएसँगै पर्सा जिल्लामा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पारेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पाँच दिन बाँकी रहँदा मतदातालाई आआफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै उम्मेदवारले घरदैलो तथा कोणसभालाई तीव्रता दिएका हुन् ।

पर्सामा चार प्रतिनिधिसभा सदस्यका लागि ४९ र आठ प्रदेशसभा सदस्यका लागि एक सय गरी कूल एक सय ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ४ मा र सबैभन्दा कम क्षेत्र नम्बर १ मा मतदाता छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्साको प्रमुख जिल्ला निर्वाचन अधिकारी रञ्जीता झाका अनुसार क्षेत्र नम्बर १ मा ४४ हजार ९९ पुरुष, ३३ हजार पाँच सय ७८ महिला र दुई अन्य गरी कूल ७७ हजार छ सय ७९ मतदाता छन् । क्षेत्र नम्बर २ मा ४९ हजार ७५ पुरुष, ३७ हजार आठ सय ८७ महिला र चार अन्य मतदाता रहेको उनले बताए ।

त्यसैगरी क्षेत्र नम्बर ३ मा ५१ हजार तीन सय ६६ पुरुष, ३९ हजार ६२ हजार महिला र चार अन्य गरी कूल ९० हजार चार सय ३२ मतदाता रहेका छन् भने क्षेत्र नम्बर ४ मा ५० हजार तीन सय ६४ पुरुष, ४० हजार चार सय ८१ महिला र चार अन्य गरी ९० हजार आठ सय ५१ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी झाको भनाइ छ ।

चार प्रतिनिधिसभा सदस्य तथा ८ प्रदेश सभा सदस्यका लागि कूल एक सय ६७ मतदानस्थल र चार सय १२ वटा मतदान केन्द्र रहेको छ । निर्वचन क्षेत्र नम्बर १ मा सबैभन्दा बढी २० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने सबै भन्दा कम क्षेत्र नम्बर ४ मा मात्र नौ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।

उनले प्रतिनीधि सभचा तर्फ क्षेत्र नम्बर २ र ३ मा १०÷१० जना गरी कूल ४९ जनाले उम्मेदवारी दर्ता गराएकामा दलका तर्फबाट २७ र स्वतन्त्र उम्मेदवार २२ जना रहेको बताए । जिल्लामा उम्मेदवारी दर्ता गाएकामध्ये स्वतन्त्र उम्मेदवारको संख्या ५६ प्रतिशत छ भने केही स्थानमा दलका उम्मेदवारसँग स्वतन्त्र उम्मेदवारकै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

पर्साको १२ पदका लागि जम्मा तीन महिला उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि दलका तर्फबाट दुई र एक स्वतन्त्र महिला उम्मेदवार उम्मेदवार रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?