वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्छ : उपेन्द्र यादव

लोकपथ
39
Shares

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा जोड दिएका छन् । मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन् ।

‘अहिलको निर्वाचन प्रणाली अति नै खर्चिलो छ’ उनले भने, ‘पैसा नहुने तर निर्वाचनका लागि योग्य उम्मेदवारले पनि भाग लिन पाउने अवसरका लागि निर्वाचन प्रणालीमा सुधारको आवश्यक छ ।’ उनले अगाडी भने, ‘त्यसो भए मात्रै सांसदहरुको खरिद–बिक्री बन्द हुनेछ ।’

उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने पनि बताए । ‘सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक छ’ उनले भने । सप्तरीको विकास लागि शिक्षा, स्वास्थ्य, सडक लगायतका पूर्वाधारहरुको विकास आवश्यक रहेको बताउँदै उनले ती कार्यहरु सुरु भइसकेको र आगामी दिनमा पूरा गरेर छाड्ने प्रतिबद्धता जनाए ।

नेता यादवले पहिला छाता निर्वाचन चिन्ह लोकतान्त्रिक समाजवादी पार्टीकै रहेकोमा अहिले मधेशीको भावना विपरित अल्गिएर गएका कारण उनीहरुको आगामी निर्वाचनमा ३ प्रतिशत पनि मत नपुग्ने दाबी गरे ।

नेकपा एमालेका जिल्ला सहससचिव प्रभाकर सिंह तथा जसपाका प्रदेश कमिटी सदस्य सत्यनारायण यादवको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा जसपाका नेता तथा पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह, मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, पार्टी प्रवक्ता मनिषकुमार सुमन, महिला नेतृ तथा संविधान सभा सदस्य सदस्य रन्जु ठाकुर, पार्टीका केन्द्रीय सदस्य शैलेन्द्रमोहन झा लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?