ललितपुरमा १० र ११ वर्षीया बालिका बलात्कृत

लोकपथ
84
Shares

ललितपुर । ललितपुरमा १० वर्षीया र ११ वर्षीया दुई जना बालिका बलात्कृ भएका छन् ।

ती बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको उजुरी परेपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?