आम निर्वाचनलाई लक्षित गर्दै सरकारद्वारा सार्वजनिक विदाको घोषणा

लोकपथ
39
Shares

काठमाडौं । आम निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ । आज गृहमन्त्रालयले एक सूचना जारी गर्दै मंसिर ४ गते आइतवार हुन लागेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानस्थल रहेका निकायहरुमा विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलद्वारा हस्ताक्षर गरिएको उक्त सूचना अनुसार शिक्षण संस्था तथा विद्यालयहरु २ देखि ५ गते र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु ४ र ५ गते बन्द रहने बताइएको छ ।

May be an image of text that says "नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या च.न.:- मिति:- नैपाल रवार सिंहदरवार, काठमाडी, नेपाल सार्वजनिक विदा सम्बन्धी सूचना मिति २०७९ मंसिर ४ गते आइतवारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा २०७९ मंसिर २ गतेदेखि Y गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मिति २०७९ मंसिर ४२५ गते सार्वजनिक विदा दिने नेपाल सरकारवाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ। मिति: २०७९/०७/२९ फणिन्द्रेमाणे पोखरेल सहसचिव, प्रवक्ता जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?