काठमाडौं । नेपालस्थित भारतीय राजदूताबासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा पशुपति मन्दिर परिसरमा ‘शिव पूजा’ कार्यक्रम आयोजना गरिएको छ । भारतीय दूताबासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा आज साँझ उक्त कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रममा स्वामी विवेकान्द सांस्कृतिक केन्द्रका कलाकारले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेका थिए । पशुपति मन्दिरका मुल भट्ट गणेश रावलले उद्घाटन गरेको उक्त कार्यक्रममा कलाकारले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरेका थिए ।
शिव नृत्यसँगै देवी र गणेशको नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका अधिकारीलगायत दुई सय जनाको सहभागिता रहेको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया