अर्जुननरसिंह केसी देशैभरका युवाका प्रेरणाका स्रोत हुन् : डा.वाग्ले

लोकपथ
1.6k
Shares
????????????????????????????????????

काठमाडौं । अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले कांग्रेस नेता अर्जुननरसिंह केसी देशैभरका युवाहरुको प्रेरणाका स्रोत भएको बताएका छन् । कांग्रेस नेता केसीको जितले प्रतिनिधिसभाकै ओज बढाउने उनले बताए ।

सोमबार लोकतान्त्रिक बाम गठबन्धनले नुवाकोट निर्वाचन २ मा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे डा.वाग्लेले नुवाकोटमा आर्थिक विकासका प्रशस्त सम्भावनाहरु देखिएको बताउँदै त्यसलाई सार्थक रुप दिन पनि गठबन्धनका उमेदवारहरुको जित अत्यावश्यक रहेको बताए ।

उनले व्यक्ति उमेरले युवा हुने नभई सोच तथा देश र जनताको समृद्धिका प्रतिको सोचले नै उसको व्यक्तित्व मापन हुने उल्लृख गरे । नुवाकोट नेपालकै जीवनरेखाको रुपमा परिवर्तन हुन सक्ने र त्यसका लागि मुलुककै नेतृत्व गर्ने हैसियत भएका केसी, पूर्वाधार निर्माणमा दख्खल भएका बहादुरसिंह लामा र सादगी र संघर्षशील जीवनका पर्याय रामप्रसाद ढुंगानाको जितका लागि गठबन्धनका पक्षमा मतदान गर्न समेत डाक्टर वाग्लेले आव्हान गरे ।

कार्यक्रममा नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार कांग्रेस नेता अर्जुननरसिंह केसीले जनादेशको अपमान गर्नेहरुका पक्षमा नुवाकोटे जनता कदापी नरहनेमा आफू विश्वस्त रहेको बताए । गठबन्धनको कार्यक्रमहरुका देखिएको जनलहरले नुवाकोट जिल्ला लोकतान्त्रिक बाम गठबन्धनको किल्ला बनिसकेको समेत उनले बताए ।

नुवाकोटका विकास प्रयासहरुलाई मूर्तरुप दिन गठबन्धन हरदम प्रयत्नशील रहने बताउँदै जिल्लाका सम्भावनाहरुको पहिचान गरी त्यसलाई सार्थकतामा परिणत गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित रहने समेत केसीले स्पष्ट पारे ।

कार्यक्रममा माओवादी केन्द्रकी पोलिट ब्युरो सदस्य विमला सुवेदी, कांग्रेस केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ प्रदेश ‘ख’ का उम्मेदवार बहादुरसिंह लामा, माओवादी नेता एवं प्रदेश ‘क’ का उम्मेदवार रामप्रसाद ढुंगाना, कांग्रेस नेता एवं संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गोविन्द नेपाली, कांग्रेस महासमिति सदस्य गीता अमात्य, महाधिवेशन प्रतिनिधि दीपक लामा, प्रदेश सभापति बैकुण्ठ पाण्डे र माओवादी नेता नविन पुडासैनीले गठबन्धनको औचित्य स्थापित भईसकेको बताउँदै नुवाकोटमा गठबन्धनको जित समेत सुनिश्चित भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?