खेलकुदबाट राजनीतिको यात्रामा कुमार : युवाको साथ विश्वासको आधार

लोकपथ
754
Shares

रुपन्देही । नेपालका राजनीतिक दल र तिनका नेताहरुले खेलकुदको मुद्दालाई कमै महत्व दिने गरेको पाइन्छ । निर्वाचनका समयमा सार्वजनिक गर्ने घोषणापत्र वा प्रतिबद्धता पत्रहरुमा खेलकुदको कुरा राख्ने गरिन्छ तर खेलकुद र त्यससँग जोडिएको ठूलो समूहको पक्षधरता भएर उनका भावनालाई समेटेर अगाडी बढाएको कमै भेटिन्छ ।

पछिल्ला दिनहरुमा नेपाली राजनीतिमा ओझेलमा पारिएको खेलकुदका मुद्दा बोकेर निर्वाचनमा होमिने उम्मेदवारहरु बढेका छन् । यसले नेपाली खेलकुदका बारेमा नयाँ बहस मात्र होइन खेलकुद क्षेत्र देश विकासको एक महत्वपूर्ण पक्ष हो भन्ने कुरा पनि स्थापित हुदैँछ ।

आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यही खेलकुद र खेलकुदमा आबद्ध युवाहरुको मुद्दालाई प्रमुख मुद्दा बनाएर होमिएका छन्, दिर्घबहादुर केसी अर्थात कुमार केसी ।

आम चल्तीमा कुमारका नामले परिचित दिर्घबहादुर सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा चुनावी मैदानमा छन् ।

उनको उम्मेदवारीले यस क्षेत्रमा मात्र होइन नेपालमै खेलकुदको मुद्दा सतहमा आएको छ । यस्तो हुनुको पछाडी उनको खेल क्षेत्रसँगको सामिप्यता र उनले चुनावमा खेलक्षेत्रको विकासका लागि अगाडि सारेका योजनाका कारणबाट भएको हो ।

नेपालका विभिन्न सशक्त एवम् नेतृत्वदायी खेल संस्थाहरुको नेतृत्व गरिसकेका र गरिरहेका केसीको चुनावी राजनीतिमा प्रवेशले खेल क्षेत्रमा लागेका युवाहरुमा उत्साहा जगाएको छ । पछिल्लो समय खेलकुद क्षेत्रमा युवाहरुको आकर्षण निकै बढेको छ । खेलक्षेत्रले दिने सन्देश र पहिचानले गर्दा बढेको आर्कषणलाई अझ मजबुत बनाउने लक्ष्य केसीले बोकेका छन् ।

केसीको खेलकुदमा विगत र वर्तमान

केसीको खेलकुदसँगको संलग्नता नेपालको खेलकुदमा अग्रणी जिल्ला र शहरका रुपमा स्थापित बुटवल, रुपन्देहीबाट भएको हो । नेपाली फुटबलमा मोफसलकै पुरानो क्लबमध्ये एक फुटवल क्लब हो रूपन्देहीको गोरखा ब्वाइज क्लब । त्यही क्लबबाट कुमारले खेलकुदमा औपचारिक रुपमा प्रवेश गरेको बताएका छन् ।

२०४३/४४ सालतिरबाट कुमारलाई यस क्षेत्रका अग्रजहरुको संगतले फुटबल खेल्न मैदानमा पुर्‍याएको उनले स्मरण गरेका छन् । अग्रजहरुको पदचाप पछ्याउने क्रममा ११/१२ वर्षकै उमेरमा केसी फुटबलतिर होमिएका थिए । लामो समयसम्म केसी त्यही क्लबबाट फुटबल खेलेका उनले त्यहीबाट खेलकुदको नेतृत्व पनि थालेको बताए ।

केसीको फुटबल र राजनीतिको कखरा पनि त्यहीबाट सुरू भयो, जुन क्लबले उनलाई खेलकुदमा भित्रायो र खेलप्रतिको मोह जगाएको थियो । उनी आज त्यस समयमा खेलकुदमा विताएको स्मरण गर्दै खेलकुदको विकासको हुटहुटीलाई जनप्रतिनिको हैसियतमा अगाडी बढाउन चाहान्छन् ।

कुमार केसी अहिले नेपालको खेलकुदको सबैभन्दा माथिको संस्था नेपाल ओलम्पिक कमिटी तथा फुटवलको संस्था अखिल नेपाल फुटबल संघ(एन्फा) को नेतृत्वमा रहेका छन् । यो ठाउँमा पुग्न खेलमा समर्पित व्यक्तिलाई निकै मेहनत गर्नु पर्दछ । जो कसैले पनि यस्तो नेतृत्व हासिल गर्न सक्दैन ।

त्यसैको उदाहरण हुन कुमार केसी, जस्ले खेल क्षेत्रमा आफूलाई समर्पित गरेर हासिल गरेका छन् । त्यसको जग गोर्खा व्याइज नै हो । उनी सो क्लबको सदस्य, कोषाध्यक्ष, उपाध्यक्षहुँदै लामो समयसम्म अध्यक्ष भएर क्ल्बललाई स्थापित गराएका छन् । आज यो क्लब राष्ट्रिय मात्र नभइ अन्तराष्ट्रिय प्रतियोगितामा पनि भाग लिदै आएको छ । यसै सिजनबाट यो क्लबले मोफसलबाट शहिद स्मारक लिग फुटबल प्रतियोगिताको सि डिभिजन खेलिरहेको छ ।

गोरखा ब्वाइजकै प्रतिनिधित्व गरेर रूपन्देही जिल्ला फुटबल संघको दुई कार्यकाल अध्यक्ष भएर सफल नेतृत्व केसीले गरेका थिए । केसीले आफूलाई त्यहामात्र सिमित नगरी रूपन्देहीलाई नेतृत्व गर्दै एन्फाको केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भए । त्यसपछि एन्फाको प्रतिनिधित्व गरेर नेपाल ओलम्पिक कमिटीमा सदस्य हुन पुगेका बताए ।

मोफसलमा एक खेलाडीको रूपमा फुटबलसँग जोडिएको युवा एकपछि अर्को चरण पार गर्दै नेपाल कै खेलकुदको नेतृत्व लिन सफल भएको छ । यसका पछाडी उनीसँग रहेको नेतृत्व गर्ने क्षमता र युवाहरुको भावना बुझ्ने मनले भूमिका खेलेको केसी बताउछन् ।

जीवनको सबैभन्दा ऊर्जाशील समय फुटबल र यस क्षेत्रको खेलकुदमा खर्चिएका केसीले अहिले एन्फाको उपाध्यक्ष जस्तो उच्च पदमा निर्वाचित भएर काम गरिरहेका छन् । उनले खेलकुदमा निर्वाहा गरेको सफल नेतृत्वलाई यस पटक राजनीतिकातर्फबाट जनप्रतिनिधि भएर प्रयोग गर्न चाहान्छन् । त्यही अभिलाषा बोकेर उनी रुपन्देही क्षेत्र नम्बर २(क) बाट प्रदेशसभामा उम्मेदवार बनेको उनको भनाइ छ ।

उनका प्रतिवद्धताहरु

देशको विकासका लागि निर्वाचित जनप्रतिनिधिको हैसियतले र्निवाह गर्नुपर्ने भूमिकाका बारेमा उनी सचेत छन् । उनले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा भनेका छन् –प्रदेशलाई समुन्नत र विकसित बनाउने अठोट लिएको छु । त्यसका लागि ठोस योजना र कार्यक्रम तर्जुमा जरुरी हुन्छ, मैले प्रदेशको भौतिक पूर्वाधार र मानवीय विकासका लागि बहस र पैरवी गर्ने जिम्मेवारीपूर्ण ढंगले प्रस्तुत हुनेछु ।

केसीले आफ्नो प्रतिबद्धतामा प्रदेशमा गरीवी निवारण, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, भौतिक विकास एवम् पूर्वाधार निमार्ण, सुशासन, महिला सशक्तिकरण, औद्योगिकीकरण आदि समग्र क्षेत्रमा ठोस काम गर्ने जनाएका छन् । यसका साथमा उनको महत्व र कर्म क्षेत्रका रुपमा रहेको खेलकुद र युवाहरुको समग्र विकासमा दुई कदम अगाडि बढेर काम गर्ने प्रतिबद्धता रहेको छ ।

उनले बुटवलको एन्फा एकेडेमीलाई राष्ट्रियस्तरको आधुनिक रङ्गशालाको रुपमा विकास र विस्तार गर्न पहल गर्ने, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ४ डिंगरनगरमा रङ्गशाला निमार्ण गर्न पहल गर्ने र खेलको माध्यमबाट युवाहरुको जिवनशैलीमा सुधार ल्याउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?