सानिमाले सुरु गर्‍यो भिसा डाइरेक्ट सेवा

लोकपथ
39
Shares

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा भिसा डाइरेक्ट सेवा ल्याएको छ । उक्त सेवामार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने छ । यो सेवा नविन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको बैंले जानकारी दिएको छ । उक्त सेवा बैंकले भिसा इन्टरनेश्नलसँगको सहकार्य गरी प्रदान गरेको हो ।

बैंकले प्रदान गरेको यो सेवा सरल, सुरक्षित र छरिटो सेवा रहेको बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?