चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ : केपी शर्मा ओली

लोकपथ
49
Shares
;’v]{t, @& sflQs . g]skf -Pdfn]_åf/f ;’v]{tsf] jL/]Gb|gu/–^, 306f3/df cfof]hgf u/]sf] r’gfjL ;efdf ;Daf]wg ub}{ k”j{k|wfgdGqL Pj+ g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL . tl:a/ M ;’/]z cfrfo{, /f;;

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताएका छन् ।

सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा उनले सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताए । सधैँ तानातान र स्वार्थी समूहको अखडा नचाहिएको बताए । ओलीले त्यस्तो शक्ति एमाले रहेको उनको दाबी थियो ।

बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको उनले दाबी गरे । ‘महिनवारी महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौं,’ उनले भने, ‘यस्तो व्यवस्था कसैले पनि हटाउन सक्दैन ।’ ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने दाबी पनि गरे ।

उनले सहिद ऋषिराज देवकोटाको विषयमा प्रकाश पारेका थिए । ऋषिराजका छोरा सुवास देवकोटा सिन्धुली १ (ख) बाट उम्मेदवार बनेका छन् ।

ओलीले सिन्धुली १ का एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप कटुवाल र सिन्धुली २ का मनोजजंग थापाका लागि भोट मागे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?