एक महिनाभित्रै तीन राप्रपाबीच एकता हुने

काठमाडौं–एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन वटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भैसकेकोले अब एक महिनाभित्र एकता हुने बताएका छन् ।
बिहीबार आयोजित देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका  हुन् । उनले भने,‘एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ । त्यही भएर हामी अब मिलेर जान्छौं । एकताको लागि ९० प्रतिशत काम सकियो ।’
उनले पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारेपनि कुनै विवाद नरहेको स्पष्ट पारे । उनले भने,‘अध्यक्षमा पनि कुरा मिलेको छ । हामी तीनै जना नेताहरु मिलेर जान्छौं । यसमा कुनै दुई मत छैन ।’
एकतापछिको पार्टीको राजनीतिक कार्यदिशा भने आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र बनाएर जाने पनि उनले जनाए । लोहनीले भने,‘कतिपय पार्टीका नेताहरुले पनि यो धारणा राखेका छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?