उत्तर कोरियासँगको उच्चस्तरीय वार्ता  स्थगित


लोकपथ
प्रकाशित मिति : २२ कार्तिक २०७५, बिहीबार ०६:३९

वासिङटन । अमेरिकी विदेशमन्त्रालयले एक उत्तर कोरियाली उच्च अधिकारीसँग न्यूयोर्कमा भेट हुने गरी तय भएको अमेरिकी राष्ट्रपतिको भेटवार्ताको कार्यक्रम एक्कासी रोकिएको बताएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्च अधिकारीसहितको एक प्रतिनिधिमण्डलसँग बिहीबार हुनेगरी बनाइएको कार्यक्रम तत्कालका लागि रोकिएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिदर नौएटले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । 

राष्ट्रपतिसँगको भेटवार्ता छिट्टै तर अर्को मितिमा हुनेगरी सरेको विदेश मन्त्री माइक पोम्पेओले जनाए । 

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेटवार्ताको मिति सर्नुको कारण खुलाइएको छैन । 

यद्यपि अमेरिकाले उत्तर कोरियालाई प्रतिबन्ध हटाउनुपर्ने माग अघि सारेकाले भेटवार्ता तत्कालका लागि हुने सम्भावना नदेखिएको विदेश मन्त्रालय सम्बद्ध केही अधिकारीले नाम नखुलाउने शर्तमा बताए । 

अमेरिकी विदेश मन्त्रालयले एक दिन पहिले उत्तर कोरियाली नेता किम जोङ अनको दायाँ हात मानिने किम योङ चोलसँग भेट्ने जानकारी गराएको थियो तर बुधबार एकाएक उक्त भेटवार्ताको कार्यक्रम रद्द भएको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस
नाइजेरियामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको क्वारा राज्यमा बिहीबार यात्रुबाहक बस र ट्रक जुध्दा १७ जना

काश्मिर सङ्कट सुल्झाउन म्याँक्रोको आग्रह

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न

मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता

एजेन्सी । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या

हवाई कारबाहीमा बीस तालिबानको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि