भूकम्पका कारण एकको मृत्यु, पालिकाद्वारा राहत

लोकपथ
52
Shares

बैतडी । गए राति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन् । हरिको गए राति गएको भूकम्पका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए ।

उनले भने, ‘भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको हो ।’ मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरूप रु २० हजार र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताए ।

उनले भने, ‘आर्थिक अवस्था निकै नाजुक रहेको छ, तत्काल रु २० हजार किरिया खर्च र खाद्यान्नलगायत बन्दोबस्तको सामग्री पीडितको घरमै पुगेर हस्तान्तरण गरेका हौँ ।’ गए राति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?