काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आउँन अब ७ दिनमात्रै बाँकी रहेको छ । यतीबेला विभिन्न दलका शीर्ष नेताहरु सभालाई सम्बोधन गर्न व्यस्त छन् । यसै क्रममा पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चुनाबी सभालाई सम्बोधन गर्न कर्णाली पुगेका थिए ।
ओलीले कर्णालीको विकटता सुगमतामा बनाउनु पर्ने बताएका छन् । उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
“सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ”, उनले भने, “यसलाई सुगम गर्न जरुरी छ । सुगम बनाउन सजिलो पनि छैन ।” अध्यक्ष ओलीले कर्णालीका विकासको खाका एमाले पार्टीले कोरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया