काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेको प्रचारप्रसारमा रहेको गाडीमाथि आक्रमण भएको छ ।
आइतबार चितवन क्षेत्र नं २ मा प्रचारप्रसारको क्रममा गाडीमाथि आक्रमण भएको हो ।
अध्यक्ष लामिछानेको प्रचारप्रसारमा रहेको गाडी रोकेर एक समूहले घेराबन्दी गरेको थियो भने एक युवकले लाताले हानेर अघिको सिसा फुटाएको भिडियो सार्वजनिक भएको छ ।
राष्ट्रिय स्वतन्त्रबाट पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेका लामिछानेको गाडीको अगाडीको भाग फुटेको छ । सवारीमा क्षती भए पनि कुनै मानवीय क्षती भएको छैन ।
अध्यक्ष लामिछानेले ढुंगा प्रहार गर्नेमाथि कारबाहीको माग गरेका छन् ।
https://www.facebook.com/deepak.r.bohara/videos/534857568063072
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया