२० माघ २०७९, शुक्रवार

नेतालाई भोट माग्न हतारो, कृषकलाई धान काट्न चटारो

२०७९,कार्तिक,२७,आईतवार ०९:०२

27
Shares

लमजुङ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी देशभर तीव्र गतिमा प्रचारप्रसार भएसँगै लमजुङ जिल्लामा पनि सबै पालिकामा भएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु मत माग्न गाउँ भित्रिइ सकेका छन् ।

चुनावी अभियान तीव्ररुपले अघि बढे पनि कृषकलाई भने धान काट्ने चटारो परेको छ । जिल्लामा विगतमा जस्तै धान खेती व्यवसायिक रुपमा अघि बढेको अवस्था छ । जिल्लाको अवस्थालाई हेर्दा हाल लमजुङमा ११ हजार १ सय २५ हेक्टर जमिनमा धान खेती गरिएको छ । जुन ९५ प्रतिशतको हाराहारीमा धान रोपाई भएको थियो ।

जिल्लामा धान खेतीका लागि भनेर चिनिने ठूला फाँटहरु र्भोलेटार, रामचोकबेसी, राईनास, दुईपिप्लेका साथै पालिकाभित्र रहेका नदी किनारका खोँचहरुमा पनि धान खेतीका लागि योग्य जमिन प्रसस्त भएकाले ति भू–भागमा पनि धान खेती गरिएको अवस्था छ । हालसम्म जिल्लाभर ७० देखि ७५ प्रतिशत धान कटाई भइसकेको अवस्था छ ।

प्रकाशित मिति: २०७९,कार्तिक,२७,आईतवार ०९:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२