प्रधानमन्त्री ओलीद्वारा भुटानका प्रधानमन्त्रीलाई शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा शुभकामना व्यक्त गरेका छन् । 

परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले आज पठाएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गरेका छन् । 

प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मन्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?