धादिङमा शनिबार भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडक खण्डमा ग १ज ५५८० नम्बरको जीप अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँ बस्ने ६ जना घाइते भएका छन् । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया