कम्युनिष्ट पार्टीको पुनःएकीकरणका क्रम जारी छ : महासचिव भुसाल

लोकपथ
65
Shares
r’gfaL 3f]if0ffkq ;fj{hlgs sfo{qmd sf7df8f}F,!$ sflQsM g]skf -PsLs[t ;dfhjfbL_ kf6L{sf] ;f]daf/ /fhwfgLdf cfof]lht r’gfaL 3f]if0ffkq ;fj{hlgs sfo{qmdnfO{ ;Daf]wg ug'{x’Fb} g]tf a]b’/fd e’;fn . tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा.बेदुराम भुसालले समाजवादलाई अबको राजनीतिक कार्यदिशा बनाउने पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले सिङ्गो राजनीतिक प्रणाली नै ध्वस्त गर्न चाहनेहरूका विरुद्ध आफूहरूले विद्रोह गरी प्राप्त उपलब्धिको रक्षाका लागि भूमिका निर्वाह गरेको बताउँदै कम्युनिष्ट पार्टीको पुनःएकीकरणका लागि समान विचार बोक्ने दलसँग सहकार्य तथा एकताको क्रम चलिरहेको बताए ।

उनले तत्कालीन समयमा प्राप्त उपलब्धि रक्षाका लागि पार्टीभन्दा देश, जनता र जनताले ल्याएको परिवर्तन ठूलो भएको आफूहरुको विश्लेषणपछि विद्रोह गरेको बताए ।

राजनीतिक अधिकारसहित आर्थिक सामाजिक सांस्कृतिक अधिकार र समानतासहितको स्वतन्त्रता अहिलेको आवश्यकता भएको भन्दै महासचिव भुसालले राजनीतिक हिसाबले सामन्तवादको अन्त्य भए पनि सामाजिक सांस्कृतिक दृष्टिकोणबाट हेर्दा अझै पनि देशमा जातीय वर्गीय भाषिक सामाजिक विभेद विद्यमान भएकाले त्यसविरुद्ध अभियानको खाँचो औँल्याए ।

कार्यक्रममा कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी (समाजवादी) का केही पदाधिकारी, पार्टीका स्थायी कमिटी सदस्यसहितका नेताहरु एकीकृत समाजवादीमा समाहित हुनुभएको थियो । पार्टीमा समाहित हुने नेताहरुलार्ई महासचिव भुसालले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा पार्टीमा समाहित भएका नेकपा माओवादी (समाजवादी) का केन्द्रीय सचिव मेखबहादुर खत्रीले समाजवादको साझा लक्ष्यमा समाहित हुन आफूहरुले माओवादी समाजवादी परित्याग गरी देशभरिबाट चार सय ६९ नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?