विकास निर्माण कार्य पूरा गर्न विजयी सुनिश्चित : सञ्चारमन्त्री कार्की

लोकपथ
39
Shares

मोरङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निर्माणाधीन विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजयी सुनिश्चित गराएको बताएका छन् ।

सुनसरीको हरिनगरा गाउँपालिका–५ वसन्तपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासका पूर्वाधार निर्माण कार्यलाई पूरा गर्न चुनावी जनलहर आफ्नो पक्षमा रहेको दाबी गरे । मन्त्री कार्कीले यस क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधार निर्माणमा उल्लेखनीय काम गरेको जानकारी दिए ।

उनले विगत पाँच वर्षको अवधिमा यस क्षेत्रमा सुरु गरेको कतिपय विकास निर्माण तथा पूर्वाधारका योजनालाई पूर्णता दिन पनि यस क्षेत्रबाट पुनः उम्मदवारी दिएको प्रष्ट पारे । मन्त्री कार्कीले भने जनताका रहेका समस्या समाधान गरेकाले जनता आफ्नो पक्षमा रहेका छन् ।

संविधानको रक्षा, सबै जातीय समुदायको हकअधिकार स्थापना गरी मुलुकको समृद्धिका लागि निर्वाचनमा गठबन्धन दललाई विजयी गराउन उनले आग्रह गरे । मन्त्री कार्कीले कृषकलाई आफ्नो उत्पादन वृद्धि गर्न सहजरुपले मलखाद, बीउबिजनको व्यवस्था गर्ने प्रतिबद्ध व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?