उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

लोकपथ
221
Shares

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रका जिहादविरुद्ध प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानले उपेन्द्रको निर्वाचन क्षेत्र सप्तरी–२ मा जिहादविरुद्ध प्रदर्शन भएको गरेको हो ।

प्रदर्शनको क्रममा अभियानका अध्यक्ष विनय यादवले जसपाका अध्यक्ष उपेन्द्रले चीन र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा मधेशमा जिहादी गतिविधिलाई बढाव दिन भित्रभित्रै खेल खेलिरहेको आरोप लगाए ।

उनले भने, नेपालमा जिहाद भन्ने कुरा नौलो र कम चर्चामा आएको एउटा यस्तो विषय हो जसले यहाँको धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत सुरक्षाका लागि भित्रभित्रै ठूलो चुनौती सिर्जना गरेको छ, भुसको आगो जस्तो सल्किरहेको जिहाद अदृश्य गतिविधि पछिल्लो समयमा अब सतहमा पनि मुखर हुन थालेको छ ।’

उनले उपेन्द्र यादव तथा लालबाबु राउतका कारण नेपालमा राजनीतिक संरक्षणको बलमा जिहादी गतिविधि बढिरहेको बताए । उनका अनुसार नेपालमा बढिरहेको जिहादी गतिविधि आम मानिसको कल्पनाभन्दा बाहिर छ । उनले तराई मधेश जिहादको निशानामा रहेको बताए ।

उनले भने, ’उपेन्द्र यादव नेतृत्वको पार्टी जसपाको संरक्षणमा र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमा राष्ट्र र समाजको लागि क्यान्सर जस्तो रहेको जिहाद गतिविधि बढिरहेको छ ।’ जिहादको नाममा नेपाली चेलीहरुको अपहरण भईरहेको बताउँदै गौ हत्या, गौ तस्करी, मठमन्दिर अतिक्रमण भइरहेको उनले बताए ।

उनले जिहादविरुद्ध एउटा जागरणको टड्कारो महशुस गर्दै राष्ट्रहीत र जनहीतमा जागरण अभियान सञ्चालन गरिएको बताए । धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुमा उनले जोड दिदै उनले संघिय हिन्दु गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्न अपिल समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?