नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण

लोकपथ
26
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय ८० जनामा गरिएको नमुना परिक्षणबाट उक्त संख्यामा कोरोनाका बिरामी फेला परेका हुन् । जसमध्ये आरटी पीसीआर विधिबाट ८ तथा एन्टीजेन विधिबाट १ जना फेला परेका हुन् ।

सोही अवधिमा कोरोनाबाट छुुटकारा पाउनेको संख्या २४ रहेको मन्त्रालयले जनाएको छ भने आज कोभिड–१९ विरुद्धको खोप ६५ हजार ९ सय ५१ जनाले लगाएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्युभएको छैन् । अब देशभरमा ५ सय ३० जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?