राति १० बजेसम्ममात्रै देउसीभैलो खेल्न आग्रह

बाँके- जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी राति १० बजेसम्म देउसीभैलो खेल्न र राति ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न सम्बन्धीत सबैमा आग्रह गरेकाे छ ।

कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गरी सो आग्रह गर्नुभएको हो ।
चाडबाडका बेला गुणस्तरहीन सामान बेचेमा, जुवातास खेल्ने खेलाउने कार्य गरेमा, ठगी गरेमा, खाद्यवस्तुको अभाव सिर्जना गरिएको पाइएमा त्यस्ता व्यक्ति वा संस्थालाई कानुनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले बताए ।

यस्तो कार्य कसैले गरेको पाइएमा नजिकको प्रहरी वा स्थानीय प्रशासन कार्यालयमा खबर गर्न सबैमा आग्रह गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?