सत्ता गठबन्धनको चुनावी सभा आज चितवनमा

लोकपथ
39
Shares

चितवन । सत्ता गठबन्धनले आज चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ । चुनावी सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।

चुनाव नजिकिँदै जाँदा नेताहरू देश दौडाहामा छन् । गठबन्धनका नेताहरू केही दिन अघि मात्र सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका चुनावी सभालाई सम्बोधन गरेर फर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?