मध्यरातमा एलओडी पुगे एमाले अध्यक्ष ओली

लोकपथ
949
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लब गएका छन् । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार र आमसभा सम्बोधनमा व्यस्त ओली शुक्रबार मध्यराती एलओडी क्लबमा पुगेका हुन् ।

ओली एलओडीमा प्रवेश गरेसँगै उनको पक्षमा नाराबाजी सुरु भएको थियो । एलओडीमा ओली बसुन्जेल स्क्रिनमा एमालेले जारी गरेको घोषणा पत्र समेत देखाइएको थियो ।

अध्यक्ष ओलीले युवाहरूमाझ लोकप्रिय रहेको र्‍याप गीत सार्वजनिक गर्न आफू एल‌ओडी पुगेको उल्लेख गर्दै फेसबुकमा तस्बिरहरू पोस्ट गरेका छन् । एलओडीमा केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?