नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण

लोकपथ
26
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ३९ जनामा गरिएको नमुना परिक्षणबाट उक्त संख्यामा कोरोनाका बिरामी फेला परेका हुन् । जसमध्ये आरटी पीसीआर विधिबाट ९ तथा एन्टीजेन विधिबाट १ जना फेला परेका हुन् ।

सोही अवधिमा कोरोनाबाट छुुटकारा पाउनेको संख्या २६ रहेको मन्त्रालयले जनाएको छ भने आज कोभिड–१९ विरुद्धको खोप लगाउनेको तथ्याङ्क भने मन्त्रालयमा प्राप्त नभएको बताइएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्युभएको छैन् । अब देशभरमा ५ सय ४६जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?