प्रधानमन्त्रीमा स्वघोषणा : बच्चा पाउनु कता कता भोटो सिउने हतार !

देश संघीयतामा प्रवेश गरेपछि मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाका लागि दोस्रो आवधिक निर्वाचन गरिँदैछ । मतदानका लागि देशभरका करिब एक करोड ८० लाख मतदाता योग्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस पटक कति मतदाताले आफ्नो मताधिकार प्रयोग गर्छन् अहिले नै भन्न त सकिन्न तर २०७४ सालमा गराइएको आमनिर्वाचनमा भने योग्य मतदाताका करिब ६९ प्रतिशतले मतदान गरेका थिए । पाँच वर्षअघि २०७४ सालमा एक करोड ५४ लाख २७ हजार नागरिक मतदानका लागि योग्य थिए । जबकी यसपटक यो संख्यामा २६ लाखले बढोत्तरी भएको छ ।

मतदानको दिन जति नजिकिँदै छ, उम्मेदवारहरुलाई जीतको दबाब बढ्दो छ । प्रतिष्पर्धीलाई पराजीत गर्न साम, दाम, दण्ड, भेदको नीति अख्तियार गर्न उनीहरु सम्पूर्ण उपाय लगाइरहेका छन् । अरु अस्त्रले मात्र नहुने भएपछि सम्भावना भएका र नभएका डेढ दर्जन नेताले आफूले आफैलाई अबको प्रधानमन्त्री भन्दै घोषणा गर्न थालेका छन् । उम्मेदवार स्वयं र उनका कार्यकर्ताको यो हतारो देख्दा एउटा नेपाली उखान याद दिलाएको छ, ‘बच्चा पाउनु कता कता, भोटो सिउनुको हतार !’ यसरी प्रधानमन्त्रीको स्वघोषणा गर्नेमा सत्ताधारी गठबन्धनका नेता बढी छन् । अझ त्यसमा पनि नेपाली कांग्रेसका नेताहरु धेरै देखिएका छन् । उसोत, विपक्षी गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष मात्र नभई अरु केही नेता पनि यो सूत्र प्रयोग गर्दैछन् । सत्ता र शक्तिका लागि विचारविहीन गठबन्धनको झूण्ड तयार पारेका उनीहरुका लागि यो अपरिहार्य बन्नु स्वाभाविक पनि होला ।

ओलीलाई हटाउन एक ठाउँमा उभिएका कांग्रेस–माओवादी–एकीकृत समाजवादी वैचारिक रुपमा विपरित दुई ध्रुवका हुन् । त्यसैगरी देउवा नेतृत्वको गठबन्धनविरुद्ध एक ठाउँमा उभिएका एमाले–राप्रपा–जसपाको धरातल पनि नदीका समानान्तर रेखाझै हो । तर सत्ताको लालच यतिसम्म घृणित हुँदो रहेछ कि, प्रजातन्त्र र नागरिक अधिकारको वकालत गर्ने कांग्रेस र दलविहीन कम्युनिष्ट सर्वसत्तावादको वकालत गर्ने माओवादी एउटै डुंगामा बसेर मतदातासमक्ष मतको याचना गर्दै पु्गेका छन् । अर्कातिर कम्युनिष्ट समाजवादको सपना बेचेर राजनीति गरिरहेको एमालेले राजतन्त्र र रुढिवादको पक्षपोषक राप्रपा जस्तो पश्चगामी शक्तिलाई काँधमा बोकेर जनताको आँखामा कसिंगर छर्ने हरसम्भव प्रयास गरिरहेको छ ।

सत्तामा पुग्नु, शक्तिमा टिक्नु र राज्य दोहन गरेर आफू र आफ्नाका लागि सम्पत्ति जोड्नु एकमात्र ध्येय बनेको वर्तमानको राजनीतिमा यस पटकको निर्वाचन त्यसैको उच्च्तम रुपझै देखिन्छ । विचारविहीनताको यो भासमा एउटा दल मात्र होइन, सबै नै जाकिएका छन् । प्रजातन्त्र र कम्युनिज्मको वकालत गर्ने हुन् वा परम्परागत रुढिवादका पक्षधर यस पटक वैचारिक रुपमा च्यूत रहँदै सत्ता र शक्तिका लागि खिंचडी गठबन्धन बनाएर मैदानमा उत्रिएका छन् । पाँच वर्षअघि नेकपा एमालेको नेतृत्वमा कम्युनिष्ट गठबन्धन एकातिर उभिँदा अर्कातिर नेपाली कांग्रेस एक्लै मैदानमा होमिएको थियो भने मधेश केन्द्रित दलहरु पनि आपसी समझदारीका साथ चुनावमा थिए ।

तर यसपटक कम्युनिष्ट पार्टीहरु चोइटिएर दुई अलग गठबन्धन चुनावी मैदानमा छन् । पदीय भागबण्डामा कुरा नमिलेपछि एकीकृत गराइएको नेकपा पार्टी टुक्र्याउन तयार नेकपाका तत्कालीन अध्यक्षद्वय केपी ओली र पु्ष्पकमल दाहाललाई अर्का नेता माधव नेपालले साथ दिए । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष बिन्तीपत्र लिएर पुगेका दाहाल र नेपालको साथमा देउवाले ओलीविरुद्धको गठबन्धनको नेतृत्व गरे र वर्तमान सत्ता गठबन्धन बन्यो । अर्कातिर अदालतको आदेशमा नेकपा एमाले र माओवादी केन्द्र ब्यूतिएपछि सत्ताबाट बर्हिगमित ओलीले देउवा–दाहाल–नेपालविरुद्ध बाँकी रहेकालाई समेटेर इतर गठबन्धनको प्रयास गरे । परिणाम ओली नेतृत्वमा राप्रपाको दुबै घटक र मधेश केन्द्रित जसपा रहेको अर्को गठबन्धन बनेको छ ।

रमाइलो त के छ भने, विचार, सिद्धान्त, आदर्श र मूल्य–मान्यताबाट स्खलित भएपछि दल र तिनका मुखियाहरुसँग मतदातालाई रिझाउने कुनै विषयवस्तु बाँकी देखिन्न । देउवादेखि दाहालसम्म ओलीदेखि पोखरेलसम्मले प्रधानमन्त्रीमा स्वघोषण गर्न थालेका छन् । कांग्रेसमा मात्रै प्रधानमन्त्रीको ललिपप मतदातासमक्ष बेचेर चुनाव जित्ने दौडमा रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइरालादेखि अर्जुननरसिंह केसीसम्म छन् । जोखिम र चुनौती अँगालेरै राजनीतिमा युवा हस्तक्षेप बढाएका गगन थापाले त चुनाव अघिदेखि नै प्रधानमन्त्रीका लागि पार्टी संसदीय दलमा आफू उम्मेदवार रहने बताइसकेका छन् । अर्का युवा नेता विश्वप्रकाश शर्माले गगनलाई दलको नेतामा प्रस्ताव नै गर्छु भनेका छन् ।

ओलीलाई हटाउन एक ठाउँमा उभिएका कांग्रेस–माओवादी–एकीकृत समाजवादी वैचारिक रुपमा विपरित दुई ध्रुवका हुन् । त्यसैगरी देउवा नेतृत्वको गठबन्धनविरुद्ध एक ठाउँमा उभिएका एमाले–राप्रपा–जसपाको धरातल पनि नदीका समानान्तर रेखाझै हो । तर सत्ताको लालच यतिसम्म घृणित हुँदो रहेछ कि, प्रजातन्त्र र नागरिक अधिकारको वकालत गर्ने कांग्रेस र दलविहीन कम्युनिष्ट सर्वसत्तावादको वकालत गर्ने माओवादी एउटै डुंगामा बसेर मतदातासमक्ष मतको याचना गर्दै पु्गेका छन् । अर्कातिर कम्युनिष्ट समाजवादको सपना बेचेर राजनीति गरिरहेको एमालेले राजतन्त्र र रुढिवादको पक्षपोषक राप्रपा जस्तो पश्चगामी शक्तिलाई काँधमा बोकेर जनताको आँखामा कसिंगर छर्ने हरसम्भव प्रयास गरिरहेको छ ।

फगत सत्ता र शक्तिमा टिक्न जायज नाजायज सबैखाले हर्कत गर्न पछि नपर्ने यी दलको वर्तमान नेतृत्व फेरि पनि आ–आफ्ना पार्टीमा एकल हैकम जमाउने दाउमा छन् । वैचारिक भ्रष्टताको यो टुकुचामा दललाई लगेर जाक्दा युवा भनिएकाहरु प्नि साक्षी किनाराको सदर भएका छन् । जसले आउँदो पाँच वर्ष यिनै विचार शून्य मानसिक भ्रष्टताले गाँजेकाहरुबाट फेरि शासित हुनुपर्ने विवशतामा तीन करोड नेपाली बाध्य हुने छन् ।

सत्ताईतर दलको नेतृत्व गर्दै चुनावी संग्राममा होमिएका एमाले अध्यक्ष ओलीले पनि परमादेशी गठबन्धनलाई पराजीत गर्दै निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बनाउने हूँकार गरिसकेका छन् । मत परिणाम आफ्नो पक्षमा पार्न बढ्दै गएको संकट निवारणको हतियारका रुपमा एमालेकै अरु नेता ईश्वर पोखरेल, विष्णु पौडेलदेखि शंकर पोखरेलसम्मले प्रधानमन्त्रीको स्वघोषणा गर्न भ्याएका छन् । मधेशका महन्थ ठाकुरदेखि उपेन्द्र यादवसम्मले पनि चुनाव जित्न प्रधानमन्त्री पदलाई अघि सारेका छन् । एउटा प्रधानमन्त्री पदको भ्रम मतदातासम्म छरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्न कम्तिमा पन्ध्र नेता उद्धत रहँदा त्यसपछिका आकर्षक मानिने मन्त्रालय पाउने स्वघोषित मन्त्रीहरु त देशैभर छरपष्ट छन् ।

रमाइलो त के छ भने, विचार, सिद्धान्त, आदर्श र मूल्य–मान्यताबाट स्खलित भएपछि दल र तिनका मुखियाहरुसँग मतदातालाई रिझाउने कुनै विषयवस्तु बाँकी देखिन्न । देउवादेखि दाहालसम्म ओलीदेखि पोखरेलसम्मले प्रधानमन्त्रीमा स्वघोषण गर्न थालेका छन् । कांग्रेसमा मात्रै प्रधानमन्त्रीको ललिपप मतदातासमक्ष बेचेर चुनाव जित्ने दौडमा रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइरालादेखि अर्जुननरसिंह केसीसम्म छन् । जोखिम र चुनौती अँगालेरै राजनीतिमा युवा हस्तक्षेप बढाएका गगन थापाले त चुनाव अघिदेखि नै प्रधानमन्त्रीका लागि पार्टी संसदीय दलमा आफू उम्मेदवार रहने बताइसकेका छन् । अर्का युवा नेता विश्वप्रकाश शर्माले गगनलाई दलको नेतामा प्रस्ताव नै गर्छु भनेका छन् ।

सत्ताधारी गठबन्धनमा कांग्रेसका देउवादेखि गगनसम्म मात्रै प्रधानमन्त्रीका उम्मेदवार छैनन् माओवादीका अध्यक्ष दाहाल चुनावपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने आफ्नो पालो भएको बताइरहेका छन् । माओवादीका अरु नेतादेखि आफ्नो निर्वाचन क्षेत्र नै छाडेर मैदान खाली गरेका डा. बाबुराम भट्टराईसम्मले दाहाल नै आगामी प्रधानमन्त्री बन्ने घोषणा गर्दै मत मागिरहेका छन् । उता, एकीकृत समाजवादीका माधव नेपाल पनि मौका पर्दा प्रधानमन्त्रीको कुर्सीमा पुग्ने लालसा साँचेर काठमाडौंदेखि रौतहट झरेर मतदाता रिझाउने कोशिशमा छन् ।

जब सत्ता र शक्ति एकसूत्रीय ध्येय बन्छ, त्यहाँ विचारको खडेरी मात्र पर्दैन, परम्परा र विरासत खरानी बनाइन्छ । तबत, प्रजातन्त्र र नागरिक स्वतन्त्रताको प्रवक्ता दाबी गर्ने कांग्रेस नेतृत्व आफ्नै कार्यकर्ताको घाँटी रेटेर शक्ति आर्जन गरेको, वैचारिक रुपमा कम्युनिष्ट एकाधिकारको वकालत गर्ने माओवादीसँग काँध मिलाउन पुगेको छ । अर्कातिर बहुदलीय जनवादको नारामा कम्युन समाजवादको रुमानी बेच्ने एमाले मुखिया, रुढिवादी विचार र राजतन्त्रको अपरिहार्यता देख्ने राप्रपा राजेन्द्र लिङ्देन र कमल थापाको वैशाखीमा सिंहदरवारमा प्रवेश गर्ने हुटहुटीमा छन् ।

सत्ताईतर दलको नेतृत्व गर्दै चुनावी संग्राममा होमिएका एमाले अध्यक्ष ओलीले पनि परमादेशी गठबन्धनलाई पराजीत गर्दै निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बनाउने हूँकार गरिसकेका छन् । मत परिणाम आफ्नो पक्षमा पार्न बढ्दै गएको संकट निवारणको हतियारका रुपमा एमालेकै अरु नेता ईश्वर पोखरेल, विष्णु पौडेलदेखि शंकर पोखरेलसम्मले प्रधानमन्त्रीको स्वघोषणा गर्न भ्याएका छन् । मधेशका महन्थ ठाकुरदेखि उपेन्द्र यादवसम्मले पनि चुनाव जित्न प्रधानमन्त्री पदलाई अघि सारेका छन् । एउटा प्रधानमन्त्री पदको भ्रम मतदातासम्म छरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्न कम्तिमा पन्ध्र नेता उद्धत रहँदा त्यसपछिका आकर्षक मानिने मन्त्रालय पाउने स्वघोषित मन्त्रीहरु त देशैभर छरपष्ट छन् ।

जब सत्ता र शक्ति एकसूत्रीय ध्येय बन्छ, त्यहाँ विचारको खडेरी मात्र पर्दैन, परम्परा र विरासत खरानी बनाइन्छ । तबत, प्रजातन्त्र र नागरिक स्वतन्त्रताको प्रवक्ता दाबी गर्ने कांग्रेस नेतृत्व आफ्नै कार्यकर्ताको घाँटी रेटेर शक्ति आर्जन गरेको, वैचारिक रुपमा कम्युनिष्ट एकाधिकारको वकालत गर्ने माओवादीसँग काँध मिलाउन पुगेको छ । अर्कातिर बहुदलीय जनवादको नारामा कम्युन समाजवादको रुमानी बेच्ने एमाले मुखिया, रुढिवादी विचार र राजतन्त्रको अपरिहार्यता देख्ने राप्रपा राजेन्द्र लिङ्देन र कमल थापाको वैशाखीमा सिंहदरवारमा प्रवेश गर्ने हुटहुटीमा छन् ।

यो गठबन्धन पुरै भत्किएर कांग्रेसलाई अलग राखेर एमाले, माओवादी, एकीकृत समाजवादी र मधेश केन्द्रित दलसमेतको सरकार पनि बन्नसक्ने सम्भावना उत्तिकै छ । त्यसो हुँदा कांग्रेस, अरु साना दल (मधेश केन्द्रितसमेत) र स्वतन्त्रको सिट जोड्दा कम्युनिष्ट दलबाहेकको सरकार बनाउने खेल पनि उत्तिकै हुनसक्छ । यसैले चुनाव परिणामले दलहरुको हैसियत कस्तो बनाउने छ भन्ने टुंग्गो नहुँदासम्म कुन नेताको नेतृत्वमा सरकार बन्ला भन्ने घोषणा अहिल्यै गरेर हिड्नु ‘आकाशको फल, आँखा तरी मर्’ भनेसरह मात्र हुनेछ ।

असलमा चुनावपछि प्रधानमन्त्री को बन्छ र कुन दलको भन्ने नै अहिले प्रष्ट भन्न सकिने अवस्था छैन । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाले चुनावपछि पनि गठबन्धन कै संयुक्त सरकार बनाउने घोषणा गर्दै मत मागिरहेका छन् । तर यस गठबन्धनले बहुमत ल्याए को प्रधानमन्त्री बन्छ उनीहरूले प्रष्ट गरेका छैनन् । निर्वाचन परिणामपछि मुलुकमा वर्तमान सत्ता गठबन्धनकै सरकार निरन्तर रहन्छ भन्ने कुनै ग्यारेन्टी नरहेका बेला प्रधानमन्त्री यही हुनेछ भन्नु हतार मात्र हुनेछ । अहिलेसम्म नयाँ सरकारमा देखिएका विकल्प यस्ता छन् ।

गठबन्धन अन्तर्गत सरकार बन्दा, कांग्रेस पहिलो दल हुने देखिएकाले कांग्रेस नेताको नेतृत्वमा बन्ने सरकार । दोस्रो, सत्ता घटकका प्रभावशाली नेता भएको र ओलीलाई सरकारबाट निकाल्न भूमिका खेलेकाले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा वर्तमान गठबन्धनकै सरकार । देउवा सरकार बनाउन र ओलीलाई सत्ताबाट बहिर्गमन गराउन खेलेको भूमिकालाई कदर गर्दै माधव नेपाल नेतृत्वमै शुरुको एक वर्षका लागि सरकार । यसै सम्भावनालाई लक्षित गर्दै नेपालले चुनाव पछि तीन नेता प्रधानमन्त्री बन्ने घोषणा गरिसकेका छन् ।

यसअलवा, यो गठबन्धन पुरै भत्किएर कांग्रेसलाई अलग राखेर एमाले, माओवादी, एकीकृत समाजवादी र मधेश केन्द्रित दलसमेतको सरकार पनि बन्नसक्ने सम्भावना उत्तिकै छ । त्यसो हुँदा कांग्रेस, अरु साना दल (मधेश केन्द्रितसमेत) र स्वतन्त्रको सिट जोड्दा कम्युनिष्ट दलबाहेकको सरकार बनाउने खेल पनि उत्तिकै हुनसक्छ । यसैले चुनाव परिणामले दलहरुको हैसियत कस्तो बनाउने छ भन्ने टुंग्गो नहुँदासम्म कुन नेताको नेतृत्वमा सरकार बन्ला भन्ने घोषणा अहिल्यै गरेर हिड्नु ‘आकाशको फल, आँखा तरी मर्’ भनेसरह मात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?