१३ चैत्र २०७९, सोमवार

कतार विश्वकप २०२२ : आठ मैदानमा खेलाइँदै, फाइनल लुसेल स्टेडियममा

२०७९,कार्तिक,२४,बिहीवार १४:३९

882
Shares

कतारमा विश्वकप सुरु हुन अब १० दिन मात्रै बाँकी छ । १८ नोभेम्बरबाट हुने विश्वकपको महाकुम्भ डिसेम्बर १८ सम्म चल्नेछ । करिब एक महिनासम्म चल्ने यस प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । पहिलो पटक विश्वकप नोभेम्बर–डिसेम्बरमा खेलाइँदैछ । यसअघि विश्वकप जुन–जुलाईमा हुने गर्दथ्यो । तर, यस पटक कतारको गर्मीका कारण विश्वकप डिसेम्बरमा खेलाउन लागिएको हो ।

विश्वकपको उद्घाटन खेल अल बायत रंगशालामा हुनेछ जसमा ६० हजार दर्शक अटाउनेछन् । विश्वकप आठ मैदानमा खेलाइँदैछ । फाइनल भने ८० हजार दर्शक क्षमताको लुसेल रंगशालामा हुनेछ ।

कतार विश्वकपका लागि कस्ता कस्ता रंगशाला बनाइएको छ त ? आज हामी यस बारेमा चर्चा गर्नेछौं ।

लुसेल स्टेडियम

कतार विश्वकप फुटबल २०२२ विशेषः यस्ता छन् भब्य र सबैभन्दा ठूलो लुसेल  स्टेडियमको विशेषता – Janadesh Daily | ePaper

दोहाको लुसेल रंगशाला कतार विश्वकपमा आकर्षणको केन्द्र बन्नेछ । यो विश्वकपको सबैभन्दा ठूलो रंगशाला हुनेछ । गर्मीसँग लड्न यहाँ विशेष कूलिङ सिस्टम जडान गरिएको छ । जसले स्टेडियमभित्रको तापक्रम नियन्त्रणमा राख्नेछ । यहीँ विश्वकपको फाइनल खेल हुँदैछ । यसको निर्माण २०१७ मा सुरु भयो र २०२१ मा सम्पन्न भएको थियो । यसको दर्शक क्षमता ८० हजार रहेको छ ।

अल बेत स्टेडियम

Al Bayt Stadium

कतार विश्वकपको उदघाटन खेल र समारोह अल बायत स्टेडियममा हुनेछ । यो विश्वकपको दोस्रो ठूलो स्टेडियम हो । यो खाडी क्षेत्रमा घुमन्ते मानिसहरूले प्रयोग गर्ने पाल जस्तै बनाइएको छ । स्टेडियम निर्माणको सात वर्षपछि ३० नोभेम्बर २०२१ मा फिफा अरब कपका लागि खोलिएको थियो । यस स्टेडियममा विश्वकपमा नौ खेल हुनेछ । जसमा तीन नकआउट खेल समावेश छन् । यसको दर्शक क्षमता ६० हजार रहेको छ ।

एजुकेशन सिटी स्टेडियम

Qatar Foundation Stadium

यो स्टेडियम जुन १५, २०२० मा खोलिएको थियो । एजुकेशन सिटी स्टेडियम विश्वकै पर्यावरण मैत्री स्टेडियम मध्ये एक मानिन्छ । यो कतारका शैक्षिक संस्थाहरूले घेरिएको छ, जसले प्रतियोगिता बन्द भएपछि पनि रंगशाला प्रयोगमा ल्याउने छ । विश्वकप सकिएपछि उक्त स्टेडियम सोही क्षेत्रका विद्यालय र कलेजहरुले प्रयोग गर्ने छन् । यसको दर्शक क्षमता ४३ हजारभन्दा बढी छ ।

स्टेडियम ९७४

Ras Abu Aboud Stadium

स्टेडियम ९७४ निर्माणमा प्रयोग गरिएका ढुवानी कन्टेनरहरूको संख्या र देशको अन्तर्राष्ट्रिय डायलिङ कोडलाई ध्यानमा राखिएको छ । २०१७ मा निर्माण सुरु भएको यो रंगशाला गत वर्ष पूरा भयो । विश्वकप सकिएपछि यो रंगशाला पूर्ण रुपमा ध्वस्त गरिने छ ।

खलिफा इन्टरनेशनल स्टेडियम 

Khalifa International Stadium

खलिफा अन्तर्राष्ट्रिय रंगशाला सन् १९७६ मा बनेको हो । यसको नवीकरण २०१७ मा भएको थियो । यो दोहा स्पोर्ट्स सिटी कम्प्लेक्सको एक हिस्सा हो । यो कतारका पूर्व अमिर खलिफा बिन हमाद अल थानीको नाममा राखिएको हो । यो राष्ट्रिय टोलीको घरेलु मैदान पनि हो ।

अहमद बिन अली स्टेडियम

Al Rayyan Stadium

अल–रेयानस्थित अहमद बिन अली स्टेडियममा पनि विश्वकपका विभिन्न खेल खेलाइने छ । यो स्टेडियम २००३ मा बनाइएको हो । यसको दर्शक क्षमता ४४ हजार ७४० छ । यहाँ समूह चरणमा अमेरिका, वेल्स, बेल्जियम, क्यानडा, इरान, जापान, कोस्टारिका, इंग्ल्याण्ड र क्रोएसियाका टोलीले खेल्नेछन् ।

अल थुमामा स्टेडियम

Al Thumama Stadium

अल थुमामा स्टेडियमको उदघाटन २२ अक्टोबर २०२१ मा भएको थियो । विश्वकपको क्वार्टरफाइनलका लागि अल थुमामा स्टेडियम प्रयोग गरिने छ ।

कतारी वास्तुकार इब्राहिम एम जाइदाहले मध्यपूर्वमा पुरुष र केटाले लगाउने परम्परागत तकिया हेडक्यापबाट प्रेरणा लिएर मैदानको डिजाइन गरेका थिए । यसको दर्शक क्षमता ४० हजार छ ।

अल जनुब स्टेडियम

Al Wakrah Stadium

अल जनुब स्टेडियमको डिजाइन ब्रिटिश–इराकी वास्तुकार जाहा हदीदले गरेका हुन् । यो परम्परागत मोती माछा मार्ने डुङ्गाको हलद्वारा प्रेरित छ । यसको दर्शक क्षमता ४० हजार छ ।

प्रकाशित मिति: २०७९,कार्तिक,२४,बिहीवार १४:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मिटरब्याज पीडितहरुको पक्षमा ऐक्यबद्धता जनाएका छन् । ११ दिन हिँडेर महोत्तरीबाट

काठमाडौं । महोत्तरीबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरुलाई काठमाडौं महानगरले खुलामञ्चमा बस्न नदिने भएको छ । महोत्तरीबाट आइतबार काठमाडौंको मातातीर्थमा

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६