नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी जन्मायो । यही ठाउँमा जन्मिएर खेल क्षेत्र, समाजसेवा र राजनीतिलाई अगाडि बढाएका हुन्, सुरेन्द्र हमालले । त्यसैले धेरै खेलाडी भएको वडाका रुपमा समेत चिनिन्छ, नेपालगन्ज वडा नम्बर २ । उक्त वडाका युवा तथा खेलाडीले वडा नम्बर २ मा धेरै खेलाडी हुनुमा हमालकै उत्प्रेरणा भएको बताउँछन् । हमालकै उत्प्रेरणा र उनीबाट प्रभावित भएर नै वडा नम्बर २ मा धेरै खेलाडी जन्मिएको र ति खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएको सुटिङका अन्तराष्ट्रि«य खेलाडी बदरुद्धिन अन्सारी बताउँछन् ।
उनी भन्छन्, ‘भारत्तोलनका ओलम्पियन सुरेन्द्र हमालको प्रेरणाले धेरैलाई खेल क्षेत्रमा डोर्यायो, हामी पनि उनीबाटै प्रभावित भएर खेल क्षेत्रमा प्रवेश गरेका हौं, उनले खेलाडीलाई जहिले पनि आफूले जानेका कुरा सिकाए ।’ वडामै भारत्तोलनका ओलम्पियन हमाल भएपछि आफूहरुमा झन उत्साह जागेर आएको अधिकांश खेलाडी बताउँछन् । ‘सकारात्मक सोच र विचार भएका हमालले खेल क्षेत्रमा ठूलो योगदान दिएका छन्, अन्सारीले भने ‘नेपालगन्ज वडा नम्बर २ ले यस्तो व्यक्तिलाई सांसदको उम्मेदवारका रुपमा पाउनु हाम्रो लागि गर्वको कुरा हो, हाम्रो लागि यो भन्दा अगाडि पनि धेरै काम गरेका थिए र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि पनि उनले खेल क्षेत्रमा उत्तिकै योगदान दिनेछन् भन्ने हाम्रो अपेक्षा छ ।’
सालिन र भद्र स्वभाव भएका हमाललाई जिताउन यसपटक पनि सबै खेलाडी एकै ठाउँमा उभिएको अन्सारीले सुनाए । ‘उनले निर्वाचित भएपछी खेल क्षेत्रका अधुरा काम पूरा हुनेमा हामी विश्वत छौं, त्यसैले पनि हामी हमाललाई भोट हाल्छौं र उनलाई जिताउँछौं,’ अर्का खेलाडीले भने । उम्मेदवार हमालले बिहीवार बिहान वडा नम्बर २ मा घरदैलो तथा भेटघाट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया