काठमाडौं । मोरङ क्षेत्र नं ३ प्रदेश (क) मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई उम्मेदवार बनाउने भएको छ ।
प्रदेश नं १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री एवं सो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसँगै लिम्बुलाई उम्मेदवार बनाएको हो ।
लिम्बु नेविसंघ मोरङका पूर्व सभापति एवं नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
बुधबार उम्मेदवार थापाको निधन भएसँगै निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयसीमा तोकेको छ ।
गठबन्धनबाट उम्मेदवार बनेका लिम्बुले नेकपा एमालेका दिलिप राईसँग प्रतिष्पर्धा गर्नेछन् ।
केही समयदेखि बिरामी रहेका थापाको काठमाडौंको ह्याम्स हस्पिटलमा राखेर उपचार भइरहेको थियो । थापा लामो समय गिरीजाप्रसाद कोइरालाको पर्सनल एसिस्टेन्टका रुपमा काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया