सिंजा र कनकासुन्दरीमा नमुना मतदान 

लोकपथ
52
Shares

जुम्ला । जुम्लाको सिजा र कनका सुन्दरी गाउँपालिकामा नमुना मतदान गरिएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालय जुम्लाका दुई स्थानीय तहमा नमुना मतदान गरिएको हो ।

सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमुना मतदान कार्यक्रम सुरु गरिएको निर्वाचन कार्यालय जुम्लामा प्रमुख महेश शर्माले बताए । उनका अनुसार सिंजा गाउँपालिकामा ३७ जनाले नमुना मतदान गरेकोमा ८ मत बदर भएको छ ।

कनकासुन्दरी गाउँपालिकामा ४८ जनाले मतदान गरेकोमा १२ मत बदर भएको निर्वाचन कार्यालय जुम्ला सुचना अधिकारी अविन्नद चौलागाईले बताए । उक्त मतदानमा ८५ जना सहभागि भएका थिए । नमुना मतदानमा जम्मा २० मत बदर भएका छन् ।

दुबै स्थानीय तहको बदर भएका मतपत्र केलाएर हेर्दा छाँप लगायर मतपत्र पट्याउन नजानेको, दुई कोठामा छाँप लगायको र दुई चिन्हमा छाँप लगाएको देखिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । नमुना मतदानले बदर मतको संख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ ।

जिल्लाका सबैवडामा मतदाता शिक्षा सञ्चालन भएको र नमुना मतदानबाट पनि मतदानका बिषयमा जानकारी दिए । लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालय जुम्लामा प्रमुख शर्माले जानकारी दिए । जिल्लाभर कुल १०६ मतदान केन्द्र, ८३ वटा मतदान स्थल र दुई अस्थाई मतदान स्थल कायम गरिएको छ ।

जिल्लाको कुल ६८ हजार ६३८ मतदाता संख्या रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । प्रदेश सभा निर्वाचन (क) मा ३६ हजार ७८३ जना र प्रदेशसभा (ख) मा ३१ हजार ८५५ जना मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?