आफूलाई दुर्व्यवहार गर्ने खड्कालाई छाड्न प्रहरीलाई विरोध खतिवडाको आग्रह

लोकपथ
169
Shares

मकवानपुर । चुनावी प्रचार कार्यक्रमका क्रममा आफूलाई दुर्व्यवहार गरेका पुरुषोत्तम खड्कालाई रिहा गर्न विरोध खतिवडाले प्रहरीलाई आग्रह गरेका छन् ।

मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खतिवडाले आफूलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हेटौडा–२ चौकीटोल बस्ने पुरुषोत्तम खड्कालाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् ।

खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन खतिवडाले प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका हुन् ।

मनहरी गाउँपालिका ४ गोलघरस्थित चुनावी कार्यक्रममा मंगलबार सत्तारुढ गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता खतिवडालाई खड्काले झापड हानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?