काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गियर फेरेर सरकार अगाडि बढ्ने बताएका छन् ।
सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर गएका हुन् ।
‘हिलोमैलो सिजनमा एक नम्बर गियरमा सरकार चलेको थियो, मौसम परिर्वतन भएको छ अब गियर फेरेर सरकार अगाडि जान्छ,’ उनले भने ।
त्यस्तै फरक प्रसंगमा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु ठूलो कुरा नभएको समेत बताए ।
‘मलाई सबै थाहा छैन तर, मोदी धेरै आइसक्नुभयो । यो पटक आउनु नै भएन भने पनि ठूलो खबर भएन’ उनले भने ।
भारतीय प्रधानमन्त्री मोदी यही मंसिर २६ गते (१२ डिसेम्बर)मा जनकपुर आउने कार्यक्रम रहेको थियो । उनी विवाह पञ्चमीमा भारतबाट जन्ति लिएर जनकपुर आउन लागेका हुन् । तर, अहिले मोदीको भ्रमण अनिश्चित भएको समाचार आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया