प्यूठान जीप दुर्घटना : तीन जनाको मृत्यु , १२ जना घाइते

लोकपथ
0
Shares

प्यूठान । प्यूठानमा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा जुनकी र मैमा घर्तीको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । जीप मंगलबार मध्यरात दुर्घटनामा परेको हो ।

प्रहरी निरीक्षक थापामगरका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीय फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीय बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षीय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् ।

चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद केएम सामान्य घाइते रहेका छन् । दुर्घटना थापा पाउने बित्तिकै जिल्ला प्रहरीको टोली र स्थानीय बासिन्दाले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेका थिए । रातिको समय भएकाले उद्दारमा समस्या भएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?