डोटी केन्द्रबिन्दु बनाएर मध्यराति ६.६ म्याग्निच्युडको भूकम्प, तीन जनाको मृत्यु

लोकपथ
364
Shares
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

डोटी । डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पमा परेर डोटीमा घरसमेत भत्किएको छ । पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।

त्यस्तै, डोटी केन्द्रविन्दु भएर मङ्गलवार राति ९ बजेर ७ मिनेटमा राति भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?