एकीकृत समाजवादी जुम्ला जिल्ला संयोजकमा बुढा

लोकपथ
78
Shares

जुम्ला । नेकपा (एकीकृत समाजवादी) ले जुम्ला जिल्ला पार्टीको संयोजकमा तीर्थबहादुर बुढालाई तोकेको छ । केन्द्रीय कमिटी सदस्य बुढालाई आगामी निर्वाचनमा प्रचार–प्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव डा.वेदुराम भुसालले जानकारी दिए ।

उनका अनुसार जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका केही नेताहरूले पार्टीको हितविपरीत कार्य गरेकाले पाँच नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

कारबाहीमा परेका नेताहरूमा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाय, रतनबहादुर रोकाय र धर्मराज बराल छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनबाहेकका अन्य दलका नेतालाई सहयोग गरेकाले उनीहरुलाई निष्काशन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?