वाचा पूरा गर्न नसके मतदाताले दिएको सजाय भोग्न तयार छु : इश्तियाक राई

लोकपथ
35
Shares

बाँके । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले भनेका सबै कामहरू पूरा गर्ने वाचा गरेका छन् । निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा भएका कोणसभाहरूलाई सम्बोधन गर्दै उम्मेदवार राईले गर्न नसक्ने र भावनामा बगेर कुनै पनि सपना मतदातालाई नबाँडेको पनि बताए ।

‘हामीले नसक्ने र असम्भव योजनाहरूको लोभ देखाएर भोट माग्दैनौं । जो गर्न सक्छौं, जे यहाँको विकासका लागि आवश्यक छ त्यहीमात्रै भन्छौं र गरेर पनि देखाउँछौं’ उनले भने ‘तपाईंहरूले देखिरहनुभएको छ, गर्छु र हुन्छ भनेका कामहरू भइरहेका छन् । ठूला बजेटका कामहरू गर्न केही समय लाग्छ तर ती पक्कै पूरा हुन्छन् ।’

यो क्षेत्रको विकास र हरेक नागरिकको समृद्धिबाहेक आफूसँग कुनै पनि स्वार्थ नभएको भन्दै उनले विगतमा सुरू भएका विकासका योजनाहरू र आगामी दिनमा पनि यस क्षेत्रको समग्र विकासका लागि फेरि एकपटक चुनाव जित्न आवश्यक रहेको पनि बताए ।

भौतिक योजना तथा यातायात मन्त्री हुँदा उनले शिलान्यास गरेका नेपालगन्जका दुई ठूला सडक आयोजनाहरूको काम आइतबारदेखि सुरू भएको छ । उनले शिलान्यास गरेका जमुनाहा नाकादेखि राझासम्मको सडक अस्फाल्ट ओभर योजना र अन्तर्गत पुस्पलाल चोकदेखि सिधनिया हुलाकी सडक स्तरोन्नती योजनाको काम सुरू भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?