काठमाडौं ५ मा प्रदीपको बढ्दो क्रेज, एमालेका नेता श्रेष्ठ कांग्रेसमा प्रवेश

लोकपथ
5.4k
Shares

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ का एमोलेका सक्रिय नेता प्रकाश श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । श्रेष्ठलाई नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन् ।

यतिबेला आसन्न निर्वाचन लक्षित घरदैलो अभियानमा रहेका पौडेललाई पार्टीभित्र र अन्य पार्टीका कार्यकर्ताको समेत समर्थन जुट्न थालेको छ । आज उनले बुढानिलकण्ठ–३ का मतदाताका घरघरमा पुगेर भेटघाट गरेका थिए ।

यहीक्रममा कांग्रेस प्रवेश गरेका श्रेष्ठले पौडेल जस्तो युवा नेता काठमाडौं–५ ले पाएकाले उनलाई जिताउनकै लागि एमाले परित्याग गरेको प्रतिक्रिया दिए । श्रेष्ठलाई बुढानिलकण्ठ–३ मा राम्रो जनाधार भएको नेताका रुपमा लिइन्छ ।

पछिल्लो समय पौडेलले जनताका गुनासो, समस्या सुन्दै र आफ्ना प्रतिवद्धता व्यक्त गर्दै मतदातालाई आफूतर्फ आकर्षित गरिरहेका छन् । उनका प्रतिवद्धता र विकासका एजेण्डाले मतदाता पनि प्रभावित भइरहेका छन् ।

साथै, घरदैलोका क्रममा भेट नभएका र परिवारका सबै सदस्यलाई भेट्न नपाएको भन्दै आइतबार पौडेलले हटलाइन नम्बरसमेत सार्वजनिक गरेका थिए । ९८८०२९८८०२ प्रदीपले सार्वजनिक गरेको हटलाइन नम्बर हो ।

सो नम्बरमा सम्पर्क गरी काठमाडौं ५ का मतदाताले आफ्ना समस्या, गुनासो र सुझाव रेकर्ड गराउन प्रदीपको आग्रह छ । उक्त हटलाइन नम्बरमा सम्पर्क गरी मतदाताले पौडेलसहित काठमाडौं ५ का प्रदेशतर्फका उम्मेदवारलाई समेत सुझाव सल्लाह र समस्या व्यक्त गर्न सकिन्छ ।

काठमाडौं ५ को प्रदेश सभा ‘क’ तर्फ कांग्रेसका भैरव सापकोटा र प्रदेश ‘ख’ मा श्यामबहादुर खड्का चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?