काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुषालले शनिवार बुटवलमा आयोजना गरेको चियापान कार्यक्रमबारे आफूलाई थाहा नभएको बताएका छन् ।
यता चियापान कार्यक्रमका आयोजकले भने कमिटी सदस्य भुषाललाई जानकारी नदिइएको भन्ने आरोप झूठो रहेको बताएका हुन् ।
चियापान कार्यक्रम नेता भुषालले ‘बहिस्कार’ गरे कि निम्तानै थिएन ? यो प्रकरणले पार्टी पंक्तिमा आरोप प्रत्यारोप चलेको छ ।
गृहजिल्लामा बुटवलमा शनिवार आयोजित चियापान कार्यक्रम छाडेर भुषाल दाङ गएका थिए ।
उता नेकपा रुपन्देहीका कार्यदल सदस्य तथा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले नेता भुषाललाई आफैँले दुई पटक र प्रदेश अध्यक्ष ओनसरी घर्तीले पनि नेता भुषाललाई निमन्त्रणा गरेको बताएका छन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेता सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया