गैरआवासीय नेपाली संघको आयोजनामा चियापान तथा स्वागत कार्यक्रम सम्पन्न

लोकपथ
21
Shares

काठमाडौँ । गैरआवासीय नेपाली संघको आयोजनामा हाल काठमाडौंमा रहेका गैर–आवासीय नेपालीहरुसँग भेटघाटसहित चियापान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागतसमेत गरिएको थियो ।

संघका अध्यक्ष डा. बद्री केसीले चियापान कार्यक्रममा सहभागी गैरआवासीय नेपाली तथा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । डा. केसीले प्रवासी नेपाली मञ्चलगायत विदेशमा रहेको अन्य संघ संगठनहरुले संघको अभियानमा सहयोग गरेकोमा आभार व्यक्त गरे । विदेशमा रहेका गैर–आवासीय नेपालीहरुको हकहितको सम्बद्र्र्धनका लागि सहकार्य गर्न अनुरोधसमेत गरेका थिए ।

साथै, संघले सुरुको अभियानदेखि उठाउँदै आएको नागरिकता, वैदैशिक रोजगार, मतदानको अधिकारको बारेका समेत उनले प्रकाश पारेका थिए । गैरआवासीय नेपालीको मुद्दामा सबै राजनैतिक दलका संगठनमा आबद्ध भएर विचार फरक भएपनि सबैजना समान मुद्दामा एकै ठाउँमा आउन अपरिहार्य भएको विचार व्यक्त गरेका थिए । नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिका नवनिर्वाचित अध्यक्ष सञ्जय थापाले चियापानमा गैरआवासीय नेपाली संघ विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुको साझा संस्था भएको बताए ।

समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिनाले समावेशी आयोगले सञ्चालन गरेका विधिबारे जानकारी गराउँदै नेपालको समृद्धिमा सहयोग गर्न सबै गैरआवासीय नेपालीहरुलाई आग्रहसमेत गरे । कार्यक्रममा संघका प्रवक्ता सोम सापकोटाले राजनीतिक चेतना भयो भने सामाजिक कार्य गर्न सहज हुने बताए । साथै, उनले संघको अभियानमा सहयोग गरेकोमा सबै सरोकारवालहरु प्रति आभार प्रकट गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरेका थिए ।

कार्यक्रममा संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघले आफ्नो अभियानमा उठाउँदै आएको मुल विषयहरु गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी, महिला तथा युवा सशक्तिकरण, प्रवासमा बस्ने नेपालीहरुको मतदानको अधिकार लगायतका गतिविधिहरु बारेमा जानकारी गराएकी थिइन् ।

उनले नेपालको समृद्धिमा सहयोग गर्न विदेशमा रहेका सबै संघसंंस्थाहरुलाई आग्रह गर्नुका साथै कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले संघीय सदस्यता अभिवृद्धि गर्ने क्रममा भएकोले यो महाअभियानमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने कुरामा जोड दिइन् । साथै उनले संघले सञ्चालन गर्ने परोपकारी अभियानमा सबै एक जुट भएर श्रोत संकलन तथा परिचालनमा जोड्न सके नेपालको समृद्धिमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै कार्यक्रमको समापन गरेकी थिइन् ।

कार्यक्रममा संघका सहकोषाध्यक्ष यमुना भट्टराई, अमेरिका क्षेत्रका क्षेत्रीय उपसंयोजक पुरुषोत्तम बोहोरा, पूर्व पदाधिकारीहरु, पूर्व सल्लाहकारहरु, पूर्व आइसीसी सदस्यहरु लगायत विभिन्न मुलुकबाट आएका गैरआवासीय नेपाली प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?