यस्ता छन् काठमाडाैं–५ का उम्मेदवार प्रदीप पाैडेलका प्रतिबद्धता

लोकपथ
91
Shares

काठमाडाैँ । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । आसन्न  मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै पाैडेलले सोमबार प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक प्रतिबद्धतामा सर्वसुलभ गुणस्तरीय शिक्षा, सीपमूलक व्यावहारिक ज्ञान : प्रशिक्षित शिक्षक, चुस्त व्यवस्थापन, सबैका लागि व्यवस्थित सार्वजनिक पार्क : व्यवस्थित पार्किङ, खुला र सुरक्षित सडक, सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा : सवल स्वास्थ्य प्रणाली, सबैको स्वास्थ्य बीमा, कला–संस्कृतिको संरक्षण तथा सम्बर्धन र पर्यटन, ढुङ्गेधारा, मुहान र पोखरीको संरक्षण : सबै घरधुरीमा स्वच्छ खानेपानी वितरण रहेका छन् ।

त्यस्तै, रोजगारी र उत्पादनशीलतासहितको सिर्जनशील उद्यमशीलता, सामाजिक न्याय र सार्वजनिक सेवा, बालबालिका र ज्येष्ठ नागरिक सवालमा, युवा तथा खेलकुद/ खेलमैदान र पार्क, महिला सशक्तिकरण, पर्यावरण र दिगो विकास, जनसहभागिताको सुनिश्चितता लगायतका विषयलाई पाैडेलले जोड दिएका छन् ।

हेर्नुहाेस् प्रदीपका प्रतिबद्धता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?