लोकपथको सम्पादकमा राजन कुईंकेल नियुक्त

लोकपथ
2.3k
Shares

काठमाडौं । इन्की क्वील इन्टरनेशनल प्रालिद्वारा सञ्चालित लोकपथ डटकमको सम्पादकमा राजन कुईंकेल नियुक्त भएका छन् । कुईंकेललाई एक कार्यक्रमबीच संस्थाका अध्यक्ष रमेश जमकटेल र प्रमुख प्रशासकीय अधिकृत (सिओओ) यज्ञम्बर श्रेष्ठले संयुक्त रुपमा स्वागत गरेका हुन् ।

कुईंकेलसँग दुई दशकभन्दा लामो समय पत्रकारिताको अनुभव छ । यसअघि कुईंकेलले इमेज च्यानल (सम्पादक), माउण्टेन टेलिभिजन (समाचार प्रमुख), इमेज एफएम (सम्पादक) लगायतमा काम गरिसकेका छन् ।

साथै, कुईंकेल मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि विश्वव्यापी रुपमा कार्यरत संस्था एम्नेस्टी इन्टरनेशनल नेपालको पूर्व अध्यक्ष समेत हुन् । उनी सन् २०१६ देखि २०१८ सम्म एम्नेस्टीको अध्यक्षको जिम्मेवारीमा थिए ।

पदभार ग्रहण गर्दै कुईंकेलले लोकपथमा सूचनासँगै विभिन्न जनसरोकारका मुद्धालाई प्राथमिकता दिने बताए । ‘हामीले सूचना दिएर मात्र हुँदैन,’ उनले भने, ‘अब जनसरोकारका मुद्धासँग सम्बन्धित सूचना दिन सक्यौं भनेमात्र पत्रकारिताको मर्म रहन्छ ।’त्यसैगरी, लोकपथमार्फत सुशासन प्रवद्र्धन गर्ने लक्ष्य पुरा गर्न कुनै कसुर बाँकी नराख्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

सम्पादक कुईंकेललाई स्वागत गर्दै अध्यक्ष जमकटेलले पत्रकारितामा दुई दशकभन्दा बढी अनुभवी व्यक्तिलाई सम्पादकको रुपमा पाउनु गौरवको विषय भएको बताए । साथै, कुईंकेलको नेतृत्वमा लोकपथले व्यवसायिक पत्रकारितामा थप उचाईं लिनेसमेत विश्वास व्यक्त गरे ।

कुईंकेललाई अध्यक्ष जमकटेल, सिओओ श्रेष्ठसँगै प्रमुख सम्वाददाता महेश तिमल्सिना लगायतका पत्रकार तथा कर्मचारीले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?