एकीकृत समाजवादीद्वारा ५ नेतालाई कारबाहीको घोषणा

लोकपथ
98
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्काशन गर्न निर्णय गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन रोकिएको अवस्थामा जुम्ला जिम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेदवारीमा रहेका उनीहरुले पार्टी विरोधी शक्तिहरुसँग साँठगाँठ गर्दै पार्टीका विरुद्ध षड्यन्त्रमा संलग्न रहेकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको व्याहोरा महासचिव डा वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा रहेको छ ।

उनीहरुलाई पार्टी विधानको कारा ६४(क), १, २, ३, ४, ५, ६ र ११ बमोजिम निष्काशन गरिएको हो । साथै जुम्ला जिल्ला पार्टीको सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिका सदस्य तीर्थबहादुर बुढालाई प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

महासचिव डा. वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा निष्काशन गरेका नेताहरु :

देवीलाल थापा,
आदीप्रसाद न्यौपाने,
नन्दराम रोकाया,
रतनबहादुर रोकाया
र धर्मराज रावल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?