काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएकाले सोही अनुसारको बोली, बचन र व्यवहार हुनुपर्ने बताएका छन् ।
निर्वाचन आयोगको सानो गल्तीले पनि आगोको झिल्कोझैं सल्किने सक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाई थियो । ललितपुरमा आयोजित ‘निर्वाचन आयोगको अभिभारा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो कारणले निर्वाचनको वातावरण भत्किन नपाओस् भनेर आयोगले गहिरोसँग विचार गर्नुपर्ने स्पष्ट पारेका थिए ।
पोखरेलले भने, ”निर्वाचनमा अप्ठयारो पार्ने इलामेन्टस्हरु धेरै छन । हाम्रो आफ्नै बोली, बचन र व्यवहारबाट त्यो परिस्थिति नआओस् । यतिखेर असाध्यै संवेदनशील किनभने सानो एउटा झिक्को भयो भने डढेलो लाग्छ भन्छन नि । काँही हाम्रो बोलाईबाट भनौन संयमता, सबभन्दा ठूलो यतिखेर आयोगको शक्ति भनेको संयमता हो । हामीले संयमतालाई ख्याल गरेर हाम्रो आफ्नै कारणबाट अरु भत्किन नपाओस् भनेर बिचार गरौँ ।’’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया