पूर्वका तीन जिल्लामा टेलिफोन सेवा अवरुद्ध

लोकपथ
42
Shares

खोटाङ । नेपाल टेलिकमको अप्टिकल फाइवर लिंकमा खराबी आउँदा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा टेलीफोन सेवा अवरुद्ध भएको छ । फाइवर लिंकमा खरावी आएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा टेलीफोन सेवा अवरुद्ध भएको हो ।

खोटाङको दिक्तेलबाट करिब २१ किलोमिटर दूरीमा रहेको रेग्मीटार आसपासमा फाइवर लिंकमा खरावी आएकाले टेलिफोन सेवा अवरुद्ध भएको नेपाल दूरसंचार कार्यालय खोटाङले जनाएको छ ।

टेलिकमका सबै सेवा अवरुद्ध हुँदा तीन जिल्लाका सर्वसाधारण समस्यमा परेका छन् । फाइवर लिंक मर्मतका लागि टोली पठाइसकिएको दूरसंचार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले बताए । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी कार्यक्रम भइरहेका बेला फोन अवरुद्ध भएपछि सम्पर्क र समन्वयमा वाधा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?