चुनाव अवधिभर मदिरा बिक्री वितरण र सेवनमा रोक

लोकपथ
13
Shares

काठमाडाैँ । कैलाली प्रशासनले चुनाव अवधिभरजिल्लामा मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जनाएको हो।

कार्तिक २० गते राती १२ बजेदेखि १५ दिनसम्मका लागि मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । सो अवधिमा कोही कसैले मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?